राजनीति

सरकारको असफलताबिरुद्ध राप्रपाको बिरोध प्रदर्शन

सरकारले गरेको संसद विघटन असंवैधानिक कदम भन्दै बिरोध गर्दै सत्तारुढ नेकपाकै प्रचण्ड समूह, प्रमुख विपक्षी दल नेपाली कांग्रेसको विरोध प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने विविध मुद्दा उठाएर शुक्रबार काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ ।

राप्रपाले बढ्दो भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् ।

काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ । प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबर

Back to top button