जल/वातावरण

अधिवेशनअघि राष्ट्रियसभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना पुष्टि

आजेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । अधिवेशनअघि बिहीबार राष्ट्रियसभाका सदस्य र कर्मचारीहरुको स्वाब परीक्षण गराएकामध्ये एक सांसद र पाँच कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।

त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button