जन सरोकारस्वास्थ्य

बढ्यो सङ्क्रमित- संख्या थपिए तीनसय ८२ जना

शनिबार नेपालमा कोरोना सङ्क्रमितको संख्या यसअघिकोभन्दा निकै बढेको छ । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन परीक्षणबाट ३ सय ८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म चार हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २५२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार २१० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । पाँच सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमणदर १७ प्रतिशत रहेको छ ।

हाल होमआइसोलेशनमा चार हजार ७२८, संस्थागत आइसोलेशनमा २४१ आइसीयूमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ ।त्यसैगरी पछिल्लो समय ५९ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.