अर्थ

सात किमि सडक आठ वर्षमा नबनेपछि ठेक्का तोड्न सिफारिस

राष्ट्रिय योजना आयोगले महाकाली लोकमार्ग अन्तर्गत दार्चुला तिङ्कर सडकखण्डमा लामो समयदेखि ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्न सिफारिस गरेको छ ।

शनिबार आयोगका प्रतिनिधि, जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख, सुरक्षा निकाय लगायतसँले अनुथमनपछि ठेक्का तोड्न सिफारिश गरेको हो ।

दार्चुला तिङ्कर सडक योजनाले सुनसेराबाट कोठेधार, सुनसेरा राप्लासम्मको सात किलोमिटर सडक खण्डमा काम नगर्ने अमर सूर्य जेभीको ठेक्का तोड्न सिफारिस गरेको हो ।

विसं २०७० मा सात किमी सडकखण्डको ट्रयाक खुलाउन जिम्मा लिएको निर्माण कम्पनी अमर सूर्य जेभीले समयमै काम नगरेको भन्दै ठेक्का सम्झौता तोड्न सिफारिस गएिको योजनाका कार्यालय प्रमुख आशुतोष कर्णले बताउनुभयो ।

सात किमी सडकखण्डको ट्रयाक खुलाउन छ पटक म्याद थप गरिदिँदा पनि काम गर्न नसकेपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्नसमेत सिफारिस गरिएको छ ।

कूल सात करोड लागतमा सात किलोमिटर सडकको ट्रयाक खुलाउन ठेक्का भएको थियो । जसमध्ये अहिलेसम्म तीन किमी सडकको मात्रै ट्रयाक खुलाउन सकेको कर्णले बताउनुभयो । अन्तिम पटक २०७७ मङ्सिर २० गते निर्माण कम्पनीको म्याद सएिको थियो । पटकपटक ताकेता गर्दा पनि चार किमी सडकखण्डमा काम गर्न नसक्ने अवस्था देखिएपछि निर्माण कम्पनीलाई नै कालोसूचीमा राख्न सिफारिस गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँग भएको सम्झौता तोड्दै कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेका छौँ । कार्यालयले आवश्यक कागजपत्र अध्ययन पछि कालोसूचीमा राख्ला ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.