पूर्व एमालेबाट नौ र पूर्व माओवादीबाट सातजना राष्ट्रियसभाका उम्मेदवार
राष्ट्रियसभाको रिक्त १९ मध्ये १६ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार विहान सम्पन्न सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले टुंगो लगाएको उम्मेदवारमा पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना रहेका छन् ।
बैठकले प्रदेश नम्बर १ मा इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी तथा प्रदेश नम्बर २ मा तुलसा दाहाल र राधेश्याम पासवानलाई उम्मेदवार बनाउने भएको छ भने प्रदेश नम्बर ३ मा गंगा बेलवासे र डा. बेदुराम भुसाललाई चयन गरिएको छ ।
त्यसै गरी गण्डकी प्रदेशमा भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ मा विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा तथा कर्णाली प्रदेशमा सुमित्रा बिसी र मायाप्रसाद आचार्य तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वाँर र शारदा भट्टलाई उम्मेदवार बनाउन निर्णय गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्