जन सरोकार
पेस्तोल र गोली सहित दुईजना पक्राउ
ईटहरी उपमहानगरपालिका ८ कदमा टोलबाट एकथान पेस्तोल पाँच राउण्ड र गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ४ बस्ने ३३ वर्षीय जागिर खान र सुनसरी हरीनगरा गाउँपालिका ७ बस्ने ४७ वर्षीय जमिल अंसारी रहेका छन् ।

उक्त स्थानमा अवैध हातहतियार ओसार पोसार तथा कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा जागिर खानको साथबाट उक्त हतियार फेला पारी दुवैजनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्