खेलफूटबल

दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाउनुभएको छ ।

आगामी माघ १५ र १८ गतेका लागि तय भएको नेपाल र अफ्रिकी राष्ट्र मौरिसससँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि प्रारम्भिक चरणमा ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । नेपाल र मौरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

छनोटमा पर्ने नेपाली टोलीमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट र बिमल घर्तिमगर रहेका छन् ।

त्यसैगरी, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रत्न छुन्जु, मनिष डाँगी, नवीन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशील राई र तेज तामाङ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.