खेल

बिग ब्यास लिगमा सन्दीपको उत्कृष्ट बलिङ : मेलबर्न स्टार्स शीर्ष स्थानमा

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले शनिबार मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिनुभएको हो ।

उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ । अघिल्लो खेल चोटका कारण गुमाउनुभएका सन्दीपले चार ओभर बलिङ गर्दै २६ रन खर्चिनुभयो । उहाँले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिनुभयो । आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सक्नु भएन ।

उहाँले सो ओभरमा १२ रन खर्चिनुभयो । तेस्रो ओभर भने उहाँका लागि उपलब्धिपूर्ण रह्यो । उक्त ओभरमा उहाँले दुई विकेट लिँदै चार रन मात्र खर्चिनुभयो । उहाँले सावन मार्स र डेनियल क्रिष्टिनलाई पेभेलियन फर्काउनु भएको थियो ।

आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन मात्र खर्चिनुभयो । यस यामको बिग ब्यासमा सन्दीप हालसम्म पाँच खेल खेल्दै छ । सन्दीपको टोली मेलबर्न स्टार्सले आज टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । बिग ब्याशमा सन्दीपको टोली मेलबर्न स्टार्स अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म छ खेलमध्ये पाँचमा जित निकाल्दै १० अङ्क बटुलेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.