राजनीति

नागढुंगा सुरुङमार्गमा पूर्व माओवादी वडाध्यक्षको अबरोध, दोष तेर्सियो प्रचण्ड–माधवतिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनसंगै मुलुकको केन्द्रदेखि तल्लो तहसम्म विभाजनको रेखा यस्सरी कोरिएको छ कि अब सरकारले सुरु गरेका आयोजनाहरुलाई समेत नेकपाको प्रचण्ड नेपाल समूहले अबरोध गर्न आफू पक्षधरका जनप्रतिनिधिलाई निर्देशन दिन थालेका छन् ।

२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सुरुङको दूरी २ दशमलव ६८ किमि छ । सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग रहेको छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । जसमा ६ अर्ब नेपाल सरकारको छ ।

समाचार अनुसार प्रचण्ड–नेपाल समुहका नेता कार्यकर्ताले खन्न शुरु भईसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काममा अवरोध गरेका छन् । काठमाडौंतर्फका स्थानीयले करिब एक दर्जन पूरा हुन नसक्ने माग राखेर आयोजनाको काममा अवरोध गर्न थालेका हुन् ।

अबरोध सिर्जना गर्ने काम चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेती नेतृत्वको टोलीले भैरहेको छ । स्मरणीय छ वडाध्यक्ष सुर्खेती स्थानीय निर्वाचनमा सुर्खेती माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा शिलान्यास गर्नुभएको सुरुङमार्गमा अबरोध गर्न प्रचण्डको विशेष निर्देशनपछि उहाँले पुरा हुनै नसक्ने माग राखेर केही स्थानीयलाई साथ लिई अवरोध गरिरहनु भएको छ ।

काठमाडौंतर्फ अबरोध भए पनि धादिङतर्फ सुरुङ खन्ने काम भने जारी छ । काठमाडौंतर्फ सुरुङ खन्न पोर्टल बनाउने काम जारी छ । आयोजना स्रोतका अनुसार अहिले निर्माणको काम सुरु भएपछि माग लिएर आउने पुष्पकमल दाहाल–माधव नेपाल समूहका व्यक्ति रहेको बताइएको छ ।

सडक विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा आयोजनाले पुरा गर्नै नसक्ने माग स्थानीयले राखेको बताउनु हुन्छ । सुरुङमाथिको जग्गामा केही गर्न नपाउने भन्दै मुआब्जा मागेको उहाँले बताउनु भयो । तर सुरुङमाथिको जमिनमा घर बनाउन कुनै रोकावट नहुने उहाको भनाइ छ ।

एक सय मिटर मुनि सुरुङ हुनेछ । हामीले धेरै माग सम्बोधन गरिसकेका छौं अहिले स्थानीयले राखेका धेरै माग पूरा गर्न नसक्ने किसिमका छन् । यति मात्र हैन आयोजनाले स्थानीय ९९ जनालाई रोजगारी दिइएको छ । तर स्थानीयको माग वडाले सिफारिस गरेअनुसार हुनुपर्ने र उनीहरूकै वडाको हुनुपर्ने छ र ३ र ५ नम्बर वडाले पठाएको नहुने भनिएको छ ।

सम्बन्धित खबर

Back to top button