एन आर एन न्युज

मतदान गर्न ‘स्मार्ट एनआरएनए’ एपमा सेल्फी लिनुपर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी महाधिवशन प्रतिनिधि तथा सहभागीहरुले संघको आगामी निर्वाचनमा मतदान गर्नका लागि एनआरएनएको एप डाउनलोड गरी सेल्फी लिनुपर्ने भएको छ ।

एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले एक सूचना जारी गर्दै सम्पूर्ण प्रतिनिधि तथा सहभागीहरुले Smart Nrna Download गरी आफू तथा आफूले चिनेका डेलिगेटहरुको पनि सेल्फी लिन अनुरोध गर्नुभएको छ ।

एप डाएनलोड गरी २४ घण्टाभित्र सेल्फी लिनपर्ने र नलिनेहरुले महाधिवेशनमा सहभागीको सूचीमा नाम भए पनि मतदान गर्न नपाइने समेत जानकारी गराइएको छ ।

सूचनामा एपमा इमेल तथा पासवर्ड नमिल्नेहरुले membership@nrna.org मा आआफ्नो इमेलबाट सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button