राजनीति

गुल्मीको छत्रकोट गाउँपालिकाका माओवादी कार्यकर्ता एमाले प्रवेश

एकले अर्को दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउने होडबाजी रहेका नेकाप एमाले र माओवादी केन्द्रबीच चलिरहेको छ । यसक्रममा गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट ७० प्रतिशत कार्यकर्ता एमालेमा प्रबेश गरेका हुुन् ।

सो गाउँपालिकाका ०७४ सालका गाउँपालिका प्रमुखका उम्मेदवार रामप्रसाद पाण्डे, गाउँपालिका सचिव सरोज पाण्डे, कोषाध्यक्ष इन्दिरा पाण्डे सहित नेकपा आमोवादीबाट प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका हुनु् ।

कार्यक्रममा छत्रकोटको खज्र्याङ्ग र दौंघाबाट नेपाली नेपाली कांग्रेसबाट पनि केहि नेता तथा सयौं कार्यकर्ता एमालेका प्रबेश गरेका छन् । नव प्रवेसी सयौं कार्यकर्ताहरुलाई नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा टीका लगाएर स्वागत गर्नुभएको हो ।

पार्टीमा प्रवेश गर्दै रामप्रसाद पाण्डे र सरोज पाण्डेले नेकपा एमालेले थालेको कम्युनिष्ट आन्दोलनलाई थप इटा थप्न पार्टीमा प्रवेश गरेको बताउनुभयो । उहाँले नेकपा आमोवादी केन्द्र जनताको जनभावना अनुसार चल्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.