जापान

पोखराका थापाको जापानमा हृदयघातका कारण निधन

जापानको सेन्दाइमा एक नेपालीको दुःखद निधन भएको छ । बिद्यार्थी भिसामा सात बर्ष अघि जापान आएका पोखरा भरतपोखरी बागमारा स्थाई घर भएका बिकल थापाको आइतबार निधन भएको जानकारी प्राप्त भएको छ ।



श्रीमतीका साथमा जापानमा बस्दैआएका २८ वर्षीय थापा बिदाको दिन घरमा आराम गरिरहेको अवस्थामा हृदयघात भएपछि अस्पताल पुर्याउदै गर्दा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

स्मरणीय रहोस् दिवंगत थापामा पहिलेदेखि नै टाउको दुख्ने रोग थियो । थापाको शवलाई नेपाल लैजाने वा जापानमै अन्त्येष्टि गर्ने भन्ने विषयमा निर्णय नभैसकेको समाचारमा जनाइएको छ ।

सम्बन्धित खबर

Back to top button