जन सरोकार

कारागारभित्रबाटै लागुऔषध कारोबार !

कारागारभित्रैबाट लागुऔषधको कारोबार हुने गरेको तथ्य नेपाल प्रहरीले पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सिन्धुली कारागारमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले त्यहाँका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट लागुऔषध कारोबारमा संलग्न गराएको तथ्य फेला परेको हो ।

तत्काल सिन्धुली कारागारमा रहेका स्याङ्तान हाल रौतहट कारागार कार्यालयमा छन् । हाल उनलाई झिकाएर अनुसन्धान थालिएको श्रेष्ठले बताउनुभयो ।

गुप्ता २०६८ सालमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले खैरो हेरोइन कारोबार मुद्दामा पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको २०६९ सालको फैसलाबाट १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् ।

हाल कारागारमा रहेका गुप्ताले भनेअनुरुप कारोबारमा प्रयोग भएको रकम झिक्न तथा पठाउन सहयोग पु¥याउने कारागार कार्यालय सिन्धुलीका कार्यालय सहयोगी रीता सारू मगर रहेको खुल्न आएको छ । उनलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोले आज विज्ञप्तिमार्फत जनाएको छ ।

विभिन्न मितिमा पक्राउ परेका १७ जनाको साथबाट प्रहरीले लागुऔषध डाइजेपाम दुई हजार ३१६ एम्पुल, फेनारगन दुई हजार ३५० एम्पूल र नुर्फिन दुई हजार ३३४ एम्पुल बरामद गरेको छ । स्याङतानलाई २०७६ सालमा सिन्धुली प्रहरीले ५५ किलो गाँजा बरामद गरेको थियो ।

सो मुद्दामा जिल्ला अदालत सिन्धुलीले पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । अन्य लागुऔषधसहित पक्राउ परेका नानीमैया लामा र रम्बादेवी दास लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् भने विष्णुकुमार देउला भक्तपुर जिल्ला अदालतको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।

करणी मुद्दामा कृष्णराम धुकुछु पनि कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.