राजनीति

कांग्रेसको १६ जिल्ला अधिवेशनको मिति सर्यो

केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन गर्न अझै बाँकी छ । ती जिल्लाको यही पुस २७ गते हुने अधिवेशन स्थगित भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण १६ जिल्लाको अधिवेशन सार्नु परेको जनाएको छ ।

पटक पटकको विवाद भएपछि प्रदेश २ का सबै जिल्ला र चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन । अब १६ जिल्लाको अधिवेशन माघ १५ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.