राजनीति

हिउँदे अधिवेशन, मिति तोक्दै स्थगित गर्दै

विधेयक अधिवेशनका रुपमा लिइने प्रतिनिधिसभाको बैठकको मिति तोक्दै स्थगित हुँदैआएको छ । अघिल्लो साता पुस २२ गते बोलाइएको बैठक पुनः स्थगित भएको छ ।

बैठक बस्नु एकदिन अघि संसद सचिवालयले सूचना प्रकाशन गरी अर्को बैठक पुस २८ गते बस्ने गरी स्थगित गरेको हो ।

संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button