विश्व समाचार

ओमिक्रोले युरोपको स्वास्थ्य प्रणाली नै तहसनहस हुनसक्ने

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट युरोपेली मुलुकहरु आक्रान्त बनेका छन् । युरोपेली देश फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा दैनिक रुपमाा अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

पछिल्लो समय फ्रान्सका स्वास्थ्य अधिकारीहरुले २४ घन्टामा २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको जनाएका छन् । यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिँदै आएको छ ।

जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको संख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले बताउनुभएको थियो ।

सोही बमोजिम नै अहिले यहाँ कोभिडका सङ्क्रमतिहरु बढेका बताइएको छ । आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका विरामीले भरिन सक्ने यहाँका चिकित्सकहरुले जनाएका छन् ।

फ्रान्सको सरकारले यहाँका कर्मचारीहरुलाई घरबाटै गर्न मिल्ने कामहरु घरबाट गर्न निर्देशन दिएको छ । फ्रान्समा कोभिडको बुस्टर डोज लगाउने काम पनि जारी रहेको छ तर सङ्क्रमितहरु भने बढेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.