“यस्तै हो भने कार्यकर्ता किन कांग्रेसमा बसिरहने ?”
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरूरी रहेको र त्यसा नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्ने बताउनुभएको छ ।

बुधबार आफूनिकट नेताहसंगको छलफलमा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले हालै नियुक्त गरेको केन्द्रीय सदस्यमा प्रश्न गर्दै केन्द्रीय सदस्य नियुक्तको विषयमा कुन मापदण्ड अपनाएर छनोट गरिएको हो भनि प्रश्न गर्नुभएको छ ।
कोइरालाको प्रश्न थियो, नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ तर के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो, हामी जान्न चाहन्छौं ।
नेता कोइरालाले सभापतिको लाइक र डिसलाइकमा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्ने बताउँदै विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एक ढिक्का भएर पर्यत्न गर्ने कि नगर्ने भन्दै नेताहरुसामु प्रश्न राख्नुभएको थियो ।
उहाँले भन्नुभयो हामी पार्टीको निर्णय गर्नमा प्रभावकारी तर पार्टीका विरूद्ध हुने सबै कार्यहरू न्याय संगत र विधान संगत विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहान्छौं । यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने ?
उहाँले बैठकमा नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम नलागेको बताएँदै पार्टीको १४ महाधिवेशनले कही साथीहरूलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्याएको छ भने केही साथीहरूलाई पदीय जिम्मेवारीबाट बाहिर राखेको जनाउनुभया ।
कोइरालाले संगठनभित्रको जिम्मेवारी पाउनु भएका साथीलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र आस्था र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन्। त्यसकारण हामी अग्नी परीक्षामा रहेको पनि बताउनुभया ।
प्रतिक्रिया राख्नुहोस्