जन सरोकारस्वास्थ्य

आज चारसय ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसले कोरोना भाइरस संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको संकेत गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको छ । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button