जन सरोकार

ओमिक्रोनको लक्षण यसअघिका भेरियन्टभन्दा फरक

रुघाखोकीका लक्षण देखिने ५० प्रतिशत मानिसमा कोभिड संक्रमण देखिन थालेको

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संकमणले विश्वलाई पुनः अस्तव्यस्त बनाउन थालेको छ । अफ्रिकाबाट देखापरेको ओमिक्रोन यसअघिको तुलनामा मानिसलाई सिकिस्त पार्ने क्षमता कम भए पनि संक्रमण दर भने निकै बढी र लक्षण पनि फरक रहेको विभिन्न अध्ययनले देखाएको छ ।

कोरोना भाइरसको नयाँ लहरबाट आक्रान्त बेलायतमा गरिएको अध्ययन अनुसार ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड १९ आम लक्षणसंगै ओमिक्रोनका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्ने पत्ता लागेको छ ।

बेलायतको कोभिड ट्र्याकिङ एप जेडओईमा उल्लेख गरिएका ओमिक्रोनका लक्षण रुघाखोकीसँग मिल्छन् । अर्थात् ओमिक्रोनबाट संक्रमित भएपछि रुघाखोकी लागेको बेलामा झैं नाकबाट पानी बग्ने, टाउको दुख्ने, थकान महसुस हुने, हाछ्युँ र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन् ।

किङ्स कलेज लण्डनमा जेनेटिक ईपिडिमियोलोजीका प्राध्यापक एवं जेडओई एपका संस्थापक टिम स्पेक्टरका अनुसार “ओमिक्रोन पोजिटिभ देखिएका अधिकांश मानिसले सामान्य रुघाखोकीका लक्षण महसुस गर्छन् अर्थात् संक्रमणपछि घाँटी दुख्न, नाकबाट पानी बग्न र टाउको दुख्न थाल्छ” ।

स्पेक्टरले रुघाखोकीका लक्षण देखिने ५० प्रतिशत मानिसमा कोभिड संक्रमण देखिन थालेको हुँदा सार्वजनिक सन्देश प्रवाहको तरिका फेर्नुपर्ने जानकारी दिदैँ रुघाखोकी जस्ता लक्षण भएका आधा मानिसमा कोभिड देखिएको हुँदा तत्काल सार्वजनिक सन्देश प्रवाहको तरिका बदलेर मानिसको ज्यान बचाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button