जन सरोकार

मेडिकल अधिकृतसहित नौ जनामा कोरोना सङ्क्रमण, सेवा बन्द

जिल्ला अस्पताल पाल्पाका मेडिकल अधिकृतसहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले दिने अधिकांश सेवा बन्द भएको छ ।

अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्टसहित नौ कर्मचारीमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि बुधबारदेखि अस्पतालको अधिकांश सेवा बन्द गरिएको अस्पतालका मेसु डा. जगदीश कुँवरले जानकारी दिनुभयो ।

छ जना मेडिकल अधिकृत, एक जना डेन्टर सर्जन, एक जना ल्याब टेक्निसियन र एक जना प्यारामेडिक्ससहित नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

अहिले देशका विभिन्न स्थानमा ओम्निक्रोन भेरियन्टको समेत सङ्क्रमण देखिएको छ । अस्पतालका चिकित्सकसहित कर्मचारीमा देखिएको भेरियन्टबारे भने खुल्न नसकेको डा. कुँवरले बताउनुभयो ।

अस्पतालका चिकित्सक र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि अधिकांश सेवा अवरुद्ध भएको छ । अस्पतालले अत्यावश्यक आकस्मिक सेवा, सुत्केरी सेवा, बीमा रिफर सेवा, ल्याब, गर्भपतन बाहेक अन्य सबैखाले सेवा बन्द गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button