जापान

टोकियोमा एक महिनाको संकटकाल लाग्ने- उल्लंघन गर्नेलाई जरिवाना गरिने

प्रधानमन्त्री योशिहिदे सुगाले जापानको राजधानी टोकियोमा पुनः संकटकालको संकेत गर्नुभएको छ । एक कार्यक्रममा उहाँले अघिल्लो वर्षको तुलनामा यस पटकको संकटकाल अधिक केन्द्रिकृत हुने र यसका लागि टोकियो र आसपासका लाखौं नागरिक तयारीमा लागेको बताउनुभएको छ ।

त्यसो त जापानमा कोरोना भाइरस संक्रमणबाट बच्न जारी गरिएको संकटकाल एसिया तथा पश्चिमी देशहरुको तुलनामा धेरै खुकुलो हुने गरेको छ ।

संकटकाल घोषणा गरिए पनि त्यसको लापना नागरिकको स्वेच्छिक अधिकारमा छाडिएको छ । तर यसपटकको संकटकाल वा लकडाउन अघिको जस्तो नहुने प्रधानमन्त्री सुगाले बताउनुभएको छ । उहाँले संसदमा यस विषयको कानुन संशोधन गरी संकटकालको पालना नगर्नेहरुलाई जरिवाना तिराउने प्रावधान राखिनेछ ।

कोरोना भाइरस संक्रमणको लगातार वृद्धि भैरहँदा जापानको राजधानी टोकियो महानगर क्षेत्रमा पुनः संकटकालको तयारी भएको हो । यसअििघ टोकियो, कानागावा, साइतामा र चिबामा संकटकाल लगाउन त्यहाँका गभर्नरहरुले केन्द्र सरकारलाई आग्रह गरेका थिए ।

यस्तोमा प्रधानमन्त्री सुगाले संकटकालको संकेत गर्दै भन्नुभयो, अहिलेको स्थितिलाई गम्भीरतापूर्वक लिएर एउटा ठोस सन्देश दिनु आवश्यक रहेको छ । उहाँले यस विषयमा भोलि बिहिबार यस विषयमा सरकारले निर्णय लिने जनाउँदै टोकियो, साइतामा, कानागावा र चिबामा लगभग एक महिनाको संकटकाल लागू हुने सम्भावना रहेको बताउनुभयो ।

स्मरणीय के छ भने जापानभरको संक्रमितमध्ये राजधानी टोकियो महानगरमा मात्रै ५० प्रतिशत रहेको छ । पछिल्ला दिनयता टोकियोमा दैनिक १२ सयभन्दा बढीका दरले संक्रमित बढिरहेका छन् ।

सम्बन्धित खबर

Back to top button