विश्व समाचार

भारतमा ओमिक्रोन संक्रमित एकजनाको मृत्यु

दैनिक रुपमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको भारतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।

भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button