विश्व समाचार

नेपालले स्वागत गर्यो कतार र साउदीबीच सिमाना खोल्ने निर्णय

नेपाल सरकारले साउदी अरेबिया अधिराज्य र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ ।

खाडी सहयोग परिषद् (जिसिसी)को मङ्गलबार भएको शिखर बैठकबाट दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर्णयलाई महत्वपूर्ण कदम भन्दै नेपाल सरकारले यसबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पु¥याउन तथा खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रलयले एक विज्ञप्ति जारी गरी परिषद्का सबै सदस्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध रहेको बताउँदै नेपाल सरकार र नेपाली जनताले खाडी क्षेत्रमा सधैँ शान्ति, प्रगति एवं विकासको कामना गरेका जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.