राजनीति

एमालेको १६ जिल्ला अधिवेशन नहुने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जिल्ला अधिवेशन आज हुने र अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भए पनि १६ जिल्लाको अधिवेशन भने आज नहुने भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको छ । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको एमालेले जनाएको छ ।

संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने रिजालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.