जापान

जापानमा एक नेपालीको हृयदघातबाट मृत्यु

जापानमा एक नेपालीको हृदयघातका कारण निधन भएको छ । निधन हुनेमा बाग्लुङ्ग जिल्ला काँठेखोला गाउॅंपालिका साविक बिहुँ- ९ कर्लिमका ४२ वर्षीय नन्दलाल कॅंडेल हुनुहुन्छ ।

विगत एघार वर्षदेखि जापानलाई कर्मथलो बनाउँदै आउनुभएका बिहुँकोट समाज जापानका आजिवन सदस्य समेत रहनुभएका कँडेलको यही जनवरी २ तारिकमा ह्योगो प्रान्तको ईतामी सीमा आफ्नै कोठामा हृदयघात निधन भएको हो ।

बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समिति परिवारले यस दुखद घडीमा स्वर्गीय कॅंडेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button