नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा जन रफ्तारमाा कोरोना संक्रमण बढेको छ नेपालमा पनि त्यस्तै लहर देखिएको छ । विगत पाँचदिनको तुलनामा संक्रमितको संख्या दैनिक दोब्बरले बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । यस अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्