बिचार

जबज सगरमाथा समान उच्च बिचार हो – बिकास पौडेल

हाम्रो नेपाली समाजमा ज़वज़को धेरै कुरा भए, त्यस पछि गण्डकीमा धेरै पनि बगिसक्यो । यो नारा मात्र होईन र यति हल्का सँग लिने चिज पनि होईन । यो नेपाली कम्यूनिष्ट राजनीतीमा नेपालको सगरमाथा समान उचाइ भएको महान बिचार हो ।

आज जवजको कुरा गरिरहदा जवज लाई दागवत्ति दिने व्यक्ति को थियो ,सच्चामनले भन्नू पर्छ क.के.पी ओली हुनुहून्थो किनकी पार्टी एकता गरेर जवजलाई तिलान्जली दिने व्यक्ति कमरेड के.पि शर्मा ओली ,किनकी ऊहाँ पार्टीको अध्यक्ष भएको नाताले ऊहाँको ठुलो भूमिका छ । हिजो पार्टी एकता गर्दा कुनै कमरेडले जबजको कुरा उठाऊनु भयो र ? अहँ मैले त सुनिन ! सबै कमरेडहरु आफ्नो पदको सोझो मात्र गर्नुभयो न के.पी शर्मा ओली कमरेडले उठाऊनु भयो न झलनाथ खनाल कमरेडले न माधव कुमार नेपाल कमरेडलेनै उठाऊनु भयो । सबै कमरेडहरुलाई पद र सत्तामा लिप्त हुनुभयो अहिले आएर ठुलाठुला कुरा गर्ने कुनै नेता कमरेडलाई जबजको महत्व थाहा भएन, नत राष्ट्रपतिले नै केही भन्नू भयो । आज पार्टी एकता नभयको भए के के.पी ओली कमरेड दुईतिहाई आऊथ्यो र ? उहाँ दुई तिहाईको सरकारको नेतृत्व गर्ने मौका के.पि कमरेडले गर्न पाऊने अवसर मिल्थ्यो र कमरेडहरु यसमा गम्भीर समिक्षा गर्नु जरुरि छ ।

worldondemand
mirai-life

नमिलेका कुराहरू बसेर टुंग्याउँ बहस गरौ भन्दा हिजो केपी ओली र पुष्पकमल दाहाल बाहेक कोहि चाहिएन न जवजकोनै कुरा आयो ,नत केन्द्रीय नेताहरू , नत केन्द्रीय पार्टी कमिटी नत कार्यकर्ताका बीचमा छलफलमा गरियो दुई नेताको मन मिलेपछी नत जवजनै चाहियो नत कार्यकर्ता ! आज भोली फेरी सच्चा कार्यकर्ताहरु बेकुव बनाऊन जवजको नारा लगाईदै छ। के हो जवज ? जवजको मूल मर्म र उदेश्य थाहा छ कमरेडहरु ? अल्ली बुझेर जवजको नारा लगाऊनु होला ।

काम गर्ने अलोकतांत्रिक कुरा, फेरी जवज के हो जवज मलाई सिकाऊनु त कमरेडहरु अनी चाहीने नचाहिने ठुला-ठुला कुरा गर्ने दर्शन, विचार, सिद्धान्त ,पद्दती , निष्ठा,त्याग र बलीदान के हो ! थाहा होला नी कमरेडहरुलाई नेपाली कम्यूनिष्ट नाराका माक्सबाद,लेलिनबाद र माओवाद अनी जनवादि केन्द्रीयता कमरेडहरुलाई थाहै होलानि ,देशको संबिधान भन्दा माथी कोही हुदैन,अनि त्यो पनी ठिक यो पनी ठिक,अति भयो कमरेडहरु हिजो मन मिल्दा चार जना व्यक्ति क.के.पि शर्मा ओली ,क़.पुष्प कमल दाहाल,क.झलनाथ खनाल र क़.माधव नेपाल मिलेर संबिधान निर्माण गर्नुभयो र सबैले ताली बजाऊनु भयो आज हजुरहरुलाई के कुरामा मन मिलेन आज आफैले बनाएको संबिधान आफै फाल्दै हुनुहुन्छ ।

संबिधान के नेपाल तपाईहरुको निजी सम्पति हो ? कि तपाइहरुको आमाले दिएको पेवा हो ? अलीकती लाज र सरमको ख्याल गर्नुहोला ,इज्जत भएको भएपो बेइजतको डर ! इज्जतनै नभएकालाई के को डर होईन र कमरेडहरु ? सलाम छ कमरेडहरु लाई सडकमा नाङ्गै हिडेको देख़्दा । नेपालमा चाहिँ हरेक परिवर्तनमा यही कमजोरी देखिएको छ २००७ देखि २०७७ साल सम्म आई पूग्दा पुष्पलाल ,मदन भण्डारीले त्यसै अपूर्ण क्रान्ति भन्नुभएको रहेनछ ।

२००७ सालपछि पूर्वको मुक्ति आन्दोलनलाई दबाउनेको निम्ति लुम्बिनीमा के. आई. सिंह र सुदूरपश्चिममा किसान नेता भीमदत्त पन्तको विद्रोहलाई दबाउन भारतिय सेना र पछिल्लो समयको माओबादिको जनयूद्द सबैको मूल मर्म र मान्यता लाई संस्थागत गर्न बनाईएको नेपाली लोकतान्त्रिक गणतन्त्र संबिधान यसैको लागि पद र सत्ता ,बाक़ी आफ्ना नातागोतालाई रजाईको लागी निर्माण गरिएको थियो ? मार्क्सबाद,लेलिनबाद र माओवाद यहि हो र प्रश्न गर्न मन लागेको छ कमरेडहरु नेपाली जनता र म जस्ता सच्चा कार्यकर्ता लाई कम्युनिस्ट पार्टीमा आस्था राख़्ने जति सबैलाई आज जबाफ दिनु पर्छ । आज कुनै सिद्धान्त र विचारमा बिमतीको कारण पार्टी फूट्न खोजेको होईन यहाँ पद र सत्ताको लागी पार्टी फुटाऊन खोजीदै छ ।

यस्तो अवस्थामा हामीहरु व्यक्ति पछी लाग्ने र लाइन क्लीयर गर्नुपर्ने रे ,हासो ऊठेर आऊँछ कमरेडहरु । के हो लाइन क्लीयर भनेको ? कमरेडहरु ती दलाल र मतिहाराहरुलाई जबाफ चाहियो रे । तपाइको लाइन खुलेको छैन हो कमरेड ? के हो यसको अर्थ मेरो जबाफ थियो , नेकपा अझै जिऊदै छ कमरेड लाइनको कुरा गर्ने बेला अझै भयको छैन । मेरो लाईन नेकपा मात्र हो अहिले यति बुझ्नु कमरेड र बिकास पौडेल ऊ आफैमा जापानको नेकपाको नेता हो कार्यकर्ता होईन कमरेड। आज नेपालमा ससद विघटन भएको छ त्यो पनि दुईतिहाईको कम्यूनिष्ट सरकार र आफैले बनाएको संबिधान आफै बाट लात हानिएको छ ।

यो ठीक की बेठीक यो नेपाली न्यायलय ,नेपाली राजनिति ,नेपाली राजनीतिबिद,नेपाली अदालत र नेपाली जनताको भाग्य र भबिष्य ,विधि र पद्धति ,न्याय र क़ानून बीचको यक्ष प्रश्न खडा भएको छ । ढिलो चाडो उत्तर त नेपाली जनताले पाऊनेनै छन । उत्तर र जबाफ सगै न्यायको संबिधान र क़ानूनको हार जीत सगै नेपाली जनताको हार जीतको पनि फ़ैसला हुनेनै छ । मदन भण्डारीले छोडेर जानुभएको जनताको बहुदलीय जनवादको अहिले पनि चूनावको नारा र मागी खाने भाडो मात्र बनाईएको छ। यसलाई कहीले पनि लागू गरिएन भन्नू पर्दा क. के.पि ओलीले ससदको बिघटन गर्दा जबज बिपरित छ, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुदलीय प्रतिस्पर्धा, बहुमतको सरकार र अल्पमतको विपक्षी ,कानुनिराज्य यो सबै जबजको मूलमर्म हो । जबज लाई मान्ने हो भने ससद बिघटन पनि जबज बिपरित छ मेरो बुझाईको जबज। जतिबेला जबजको अवधारणा बाहिर आयो, जबज नेपाली माटो सुहाउदो  लेनिनवाद माक्र्सवादको र माओबादको उच्चरूप भनेकै जनताको बहुदलीय जनवाद हो ।

ज्ञानले खारिएका कार्यकर्ताहरू अब नेकपाको एकताको पक्षमा ऊभिनुको अर्को बिकल्प पनि छैन किन कि जबज एऊटा गतिसिल बिचार पनि हो समय अनुसार बिचारको कार्यफरक हुन्छ तर उद्देश्य एऊटै हूने छ । अहिले पार्टी एकता भई सकेको अवस्थामा नेकपा पार्टी लाई संस्थागत गरेर लैजानुको अर्को विकल्प पनि नभयको वर्तमान अवस्था हो कमरेहरु ।

आज भोली व्यक्तिको नाम समूह बनाईदै छ त्यो पार्टी होईन त्यो एऊटा गूट हो । यसमा अरू सबै ठीक र केपी ओलीमात्रै बेठीक भन्ने पक्षमा म छैन यो जे भयो नेकपाको विरुद्ध भएको छ सबै कमरेडहरु मूल दिशामा फ़र्क़नुस र तत र मम होईन की सबै जना कमरेडहरु मूल धारमा आऊनु र पार्टी एकताको पक्षेमा वकालत गर्नुभएको खण्डमा नेपाली जनताको जीत हुनेछ।नेपाली कम्यूनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता र नेकपा प्रति आस्था र भरोसा गर्ने नेपाली जनाताको जीत साथै नेपाली जनताले बनाएको संबिधानको रक्षा र जनताको बहुदलीय जनवादको रक्षा हुनेछ।

प्रधानमन्त्रीको सरकारका विरुद्ध आएको अविश्वासको प्रस्ताव लाई पछी हिसाब किताव गरौला पहिला तपाई आफु मूलधारमा फ़र्क़नुस सारा पार्टी र न्यायप्रेमी नेपाली जनता तपाईको साथमा हुने छन । के.पि कमरेड ,प्रधानमन्त्री ज्यू मेरो हजुर लाई  अनुरोध पनि हो ।

लेखक नेकपा जापानका नेता हुन ।

सम्बन्धित खबर

Back to top button