जन सरोकार

स्याङ्जामा बुहारीलाई जबर्जस्ती करणी गर्ने ससुरा पक्राउ

स्याङ्जामा आफ्नी बुहारीलाई विगत चार वर्षदेखि जबर्जस्ती करणी गर्दैआएका एक ससुरालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनलाई पक्राउ गरेको हो ।

पक्राउ

समाचार अनुसार चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् ।

ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button