राजनीति

बालकोटमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान भक्तपुरको बालकोटस्ठित ओली निवासमा दुई जनाबीच वार्ता भएको हो ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई जनाबीच करिब १ घण्टा एक्लाएक्लै भेटवार्ता भएकाले के कुराकानी भयो भन्ने थाहा नभएको बताउनुभयो ।

एमालेले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुग्नुभएको हो ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.