जन सरोकार

दैलेख सफाइ अभियान सम्पन्न

“सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता”, “परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागिपर्नुहोस्” भन्ने नाराका साथ दैलेख सफाइ अभियान सम्पन्न भएको छ ।

अभियानको आयोजना पञ्कोशी ज्वाला युवा प्रतिष्ठानले गरेको थियो । प्रतिष्ठानका सदस्य तथा स्थानीय युवाहरुको समूह सहित दैलेख जिल्ला अस्पतालको प्राङगणबाट बाट सुरु गरेर राजमार्ग आशपास क्षेत्रमा सफाइ समेत गरिएको थियो ।

अभियानमा बोल्दै सामाजिक अभियन्ता तथा बाग्मती सफाई महाअभियानका अभियन्ता चक्रबहादुर चन्दले दैलेख सफाई अभियान पहिला पनि पटकपटक संचालन हुँदै आएकोमा निरन्तरता हुन नसकेकोले अब यो अभियानलाई निरन्तरता दिन क्लब तथा सहभागीलाई अपील गर्नुभयो ।

सफाई अभियानमा अब युवाहरू जुटेर अहिलेको वातावरणीय प्रभाबलाई कम गर्न योगदान दिनुपर्ने बताउँदै फोहोरलाई वर्गीकरण गरी ब्यबस्थापन गर्ने अभियानमा लाग्न अपील समेत गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष लोकेश गिरी सबैलाई धन्यबाद दिदै अभियानलाई निरन्तरता दिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button