राजनीति

जिल्ला सभापतिहरुलाई देउवाको प्रश्न हारेकाहरुले बोलाएको भेलाले के हुन्छ ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेल सममूहले बोलाएको जिल्ला सभापतिहरुमाझ १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।

बिहिबार कांग्रेसका ५२ जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा चियापानका लागि बोलाउनुभएका देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको तर महाधिवेशनको मिति भने फेरहफे नहुने बताउनुभएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसम्म लगातार छलफल गर्दा पनि सहमति हुन नसकेपछि अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर ११ पुसको निर्णय गरेको बताउँदै सभापति देउवाले आफू अहिले पनि सम्वाद गर्न र सहमतिका आधारमा अघि बढ्न तयार रहेको तर महाधिवेशनको मिति २०७७ फागुन ७ भने परिर्वतन नहुने प्रष्ट पारेको बताउनुभएको नेका काभ्रे सभापति मधु अचार्यले जानकारी दिनुभयो ।

सभापति देउवाले त्यो मिति कायम राखेर अरु कार्यतालिका मिलाउन र क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउन तयार रहेको बताउनुभम्एको आचार्यले बताउनुभयो ।

सभापति देउवाले जिल्ला सभापतिहरुलाई एकपक्षीय सभापतिहरुले भेला गरेकोमा असन्तुष्टि जनाउँदै चुनाव हारेकाहरुले भेला गरे के हुन्छ भन्ने प्रश्न समेत गर्नुभएको थियो । जवाफमा सभापतिहरुले भने पार्टीप्रति चासो र चिन्ता लागेर आफूहरु काठमाडौं आएको र सभापति पनि बोलाउन सक्ने बताएका थिए ।

भेटमा उपसभापति विमलेन्द्र निधिले पौडेल समूहसँग भएको सहमति प्रयासबारे जानकारी गराउनुभएको थियो भने महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनबारे धारणा राख्नुभएको थियो । त्यस्तै उपसभापति विजयकुमार गच्छदारले भने जिल्ला सभापतिहरुको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.