जापान

थापाको शव नेपाल पठाउन उठ्यो २३ लाख येन- १२ तारिखमा नेपाल पठाइँदै

गत आइतबार हृदयघातका कारण निधन भएका कास्की भरतपोखरी बागमाराका विकल थापाको शवलाई नेपाल पठाइने तयारी पुरा भएको छ । सात वर्षअघि विद्यार्थी भिसामा जापान पुगेका थापाको २७ वर्षकै उमेरमा निधन भएको थियो ।

जापानको पूर्वउत्तरी शहर सेन्दाईमा श्रीमती र छोरासंगै बस्दै आएका थापाको ह्रदयघात भई मृत्यु भएको थियो । नेपालमा रहेको परिवारले मृतक थापाको शवलाई नेपालमा नै लैजान चाहेको भन्दै कास्की पोखरा समाज जापानले सहयोगका लागि अपिल गरेको थियो ।

सेन्दाइबासी नेपालीहरु सहित जापानमा क्रियाशील संघ सस्था एंव जापानबासी नेपालीहरुबाट २३ लाख ६५ हजार ४ सय २४ येन संकलन भएको छ ।

कास्की पोखरा समाज जापानका अध्यक्ष विकास श्रेष्ठले थापाको शवलाई जनवरी १२ तारिख जापानबाट नेपाल पठाउने तयारी रहेको बताउँदै दुखको समयमा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गर्नुभयो । समाजको आव्हान अनुसार थापाको शव नेपाल लैजान पुग्ने गरी रकम संकलन भएको बताइएको छ ।

पोखराका थापाको जापानमा हृदयघातका कारण निधन

सम्बन्धित खबर

Back to top button