जापान

इरानको हमलापछि प्रधानमन्त्री आबेको मध्यपूर्व भ्रमण स्थगित

मध्यपूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्दै आउनुभएका जापानी प्रधानमन्त्री शिन्जो आबेले तनाव न्युनिकरणका लागि तय गर्नुभएको साउदी अरब, युएई, ओमनलगायतका देशको भ्रमण रद्द गर्नुभएको छ ।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि आबेले भ्रमण रद्ध गर्ने निर्णय गर्नुभएको अधिकारीहरुले जनाएका छन् । इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्र प्रहार गरिएको इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

इराकको राजधानी बग्दादस्थित विमानस्थलनजिकै गत शुक्रबार इरानी सैन्य कमाण्डर सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।

इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ भने अमेरिकाले पनि इरानले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । दुवै पक्षले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.