फुकुओकामा एक नेपालीको रहस्यमय मृत्यु, हत्या आशंकामा दुईजना पक्राउ
जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्युलाई जापान प्रहरीले शंकास्पद भन्दै दुईजनालाई पक्राउ गरेको छ ।

विद्यार्थी भिषामा अध्ययनका लागि तीन वर्ष अघि जापानको फुकुओकामा जापानीज भाषा विद्यार्थीका रुपमा आएका गोरखा घर भएका बर्सिला थरका नेपाली विद्यार्थीको मृत्यु भएको हो ।
नेपाली राजदूतवास टोकियोले दिएको जानकारी अनुसार फुकुओकामा नेपाली विद्यार्थीको मृत्युलाई शंकास्पद ठानेर संगै कोठामा वस्दै आएका दुई जनालाई जापान प्रहरीले अनुसन्धनका लागि हिरासतमा राखेको छ । प्रहरीले अनुसन्धानमा समय लाग्ने जानकारी दिएको बताएको छ ।
पक्राउ पर्नेमा सगै कोठामा बस्ने ढकाल थरका नेपाली युवा अर्का थापा थरका युवा छन् । गत विहिबार तीनैजना साथिहरुसगै बसि खाईपिई सुतेका थिए । प्रहरीले मध्यरातमा तीनजना बीच झगडा पश्चात हत्या भएको हुन शंका गरेको बताएको छ ।
प्रहरीले पोष्टमार्टमपछि मृत्युको यथार्थ कारण स्पष्ट हुने बताउँदै घटनाको जानकारी नेपालमा रहेको परिवारलाई जानकारी गराईएको मृतक अध्ययन गर्ने विद्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्