जन सरोकारस्वास्थ्य

नेपालमा कोरोना संक्रमणदर ९.५ प्रतिशत, आज थपिए ११६७ जना

नेपालमा कोरोना भाइरस संक्रमणदर दिनदिनै उकालो लागिरहेको छ । केही दिनयता संक्रमितको संख्या बढ्ने क्रममा आज एक हजारको आँकडा पार भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हिजो शनिबारको भन्दा झण्डै २ सय बढी हो ।

देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।

संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.