एन आर एन न्युजजापान

पाँच महिनामा एनआरएनए जापानले गरेछ यति काम

जापानवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान २०२१ २०२३ कार्यसतिति निर्वाचित भएर काम थालेको ५ महिना पुग्दैछ । यस बीचमा एनआरएनए जापानभित्र जर्वजस्त सिर्जना गरिएका अमूर्त स्वार्थका विषयहरुले संस्थालाई नै अपांग बनाउने हर्कतहरु भए र अझै असफल प्रयासहरु जारी छन् ।

आम जापानवासी नेपालीहरुको मत र मन जित्न सफल यस कार्यसमितिले तिनै मनकारी जापानवासी नेपालीहरुको साथ र सहयोगले मात्र ४ येनबाट सुभारम्भ गरेको प्रयासबाट दश लाख येन बढी सामाजिक क्षेत्रमा सहयोग गरिसकिएको छ भने केही रकम बचत समेत गर्न सफल भएका छौं ।

अध्यक्ष शिवप्रसाद पौडेलले पाँच महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जुझारु क्षेत्रीय कार्यसमिति, सक्रिय एनआरएनए कार्यसमिति अनि सँधै हाम्रो एनआरएनए राम्रो एनआरएनए बनाउन झक्झकाई रहने तपाईंहरुको साथ र सहयोगबाट नै यो सबै सम्भव भईरहेको जनाइएको छ ।

विज्ञप्तिमा निर्वाचनमा पराजित, निवर्तमान पूर्व कार्यसमितिका कतिपय जिम्मेवार पदमा रहेका व्यक्तिहरुले हस्तान्तरण गर्नुपर्ने कागजात र हिसाबकिताब अपहरणको शैलीमा आफ्नै नियन्त्रणमा राखिरहँदा जापानवासी नेपालीहरुको मतको अपमान र उहाँहरुले सदस्यता मार्फत बुझाउनु भएको रकम र सामाजिक हितको लागि संचित गरिएको रकम दूरुपयोग हुने सम्भावना बढेर गएको पनि उल्लेख गरिएको छ ।

आर्थिक श्रोत अभावकाबीच पदप्रति निष्ठावान, जापानवासी नेपालीहरुप्रति जवाफदेही र कामप्रति कर्तव्यनिष्ठ कार्यसमितिलाई सबैतर्फबाट सहयोग जुट्दा अपेक्षाकृत कामहरु गर्न नसके पनि वर्तमान कार्यसमितिले धेरै उदाहरणीय रचनात्मक कामहरुको सुरुवात र निरन्तरता दिएको पनि जनाइएको छ ।

यसै गरी प्रगति विवरणको विज्ञप्तिमा विभिन्न कारणवस चाहेर पनि कोभिड बिरुद्धको खोप लगाउन असमर्थ हुनुभएका जापानमा रहनुभएका करिव ३ हजार नेपालीहरुलाई खोप लगाउन सहयोग, नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण खड्कासँग भेट गरी जापानको लागि क्षमतावान राजदूत तत्काल नियुक्त गर्न पहल तथा अन्य दुई देशिय विविध विषयमा छलफल, एनआरएनए मेरो साथी कार्यक्रम अन्तर्गत विभिन्न महत्वपूर्ण विषयमा रचनात्मक कार्यक्रम निरन्तर रुपमा संचालन भईरहेको जनाइएको छ ।

लामो समयसम्म चलेको विवादले ग्रस्त भएको एनआरएनएको नयाँ नेतृत्वले धैर्यता र संयमता अपनाउँदै असन्तुष्ट पक्षलाई पनि समेटेर उहाँहरुको बिचारलाई पनि सम्वोधन गर्दै अगाडि बढ्ने हरसम्भव प्रयास गरेको जनाइएको छ ।

असन्तष्टि सम्बोधन गर्ने प्रयास गरिरहे पनि नाजायज माग र पराजयको प्रतिशोधमात्रै साँध्ने गरी उठाईएका विषयहरु न अहिलेको सिंगो एनआरएनए जापानले पूरा गर्न सम्भव छ न त आईसिसि वा जापानवासी नेपालीहरुले नै त्यसलाई स्विकार्छन् भन्दै यस्तो अवस्थामा हामी सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने भावना हुँदाहुँदै पनि असंगतिपूर्ण मागहरु राख्ने पक्षलाई साथमा नलिई आफ्नो काम र जिम्मेवारीलाई तिब्रताका साथ अगाडि बढाउने निचोडमा पुगेको जनाइएको छ ।

त्यस्तै विगतमा आर्थिक अनियमितताले उग्र रुप लिएको संस्थामा वर्तमान कार्यसमितिले शपथग्रहण गरेर जिम्मेवारी सम्हालेयता गरेका काम तथा आम्दानि र खर्चको सम्पूर्ण विवरण हामीले यसमा समेटेर सार्वजनिक गरेको प्रगति विवरणमा जनाइएको छ ।

त्यस्तै त्रैमाशिक रुपमा कार्य प्रगति विवरण र आर्थिक हिसाबकिताव सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अघिल्लो कार्यसमितिबाट हस्तान्तरण हुनुपर्ने आयव्यय विवरण र मौज्दात रकम बुझबुझारथ हालसम्म नहुँदा त्यसकै प्रतिक्षामा रहनपुग्दा ढिलो हुन गएको भन्दै क्षमा याचना गरिएको छ ।

विज्ञप्तमा एआरएनए जापानको नयाँ नेतृत्वलाई सबैखाले साथ सहयोग र हौसला प्रदान गर्नुहुने जापानवासी नेपालीहरु, एनआरएनए आईसिसि प्रतिनिधि, एशिया प्यासिफिक, जापानमा रहेका सबै संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायि, पत्रकार सबैसबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि एनआरएनए जापानको कामहरुमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.