पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन साझा पार्टीको आग्रह
सरकारी तहबाट पुस २७ गते विगतमा मनाइँदै आइएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि विभिन्न राजनीतिक दल र संघसंस्थाले यसलाई निरन्तरता दिइरहेका छन् । यसै क्रममा साझा पार्टीले पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
पार्टीले शुक्रबार एक विज्ञप्ति जारी गरी आफ्ना देश विदेशमा रहेका सम्पूर्ण इकाईहरुलाई पुस २७ गतृ राष्ट्रिय एकता दिवस मनाउन निर्देशन दिएको छ । त्यस्तै पार्टीले सरकारसंग नेपाली रूपैयाँमा पृथ्वी नारायण शाहको फोटो अंकित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उहाँको फोटो राख्न निर्देशन जारी गर्न आग्रह गरेको छ ।
“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे” भने झैँ पृथ्वीनारायण शाहले नेपाल राज्यको निर्माण नगरिदिएको भए आज हामी के हुन्थ्यौँ अनुमान गर्न कठिन छ भन्ने सन्दर्भ उठाउँदै पार्टीले नेपालको विविधताको जगमा राष्ट्रिय एकतालाई सवल बनाउने मार्गदर्शक सुत्रका प्रणेता पृथ्वीनारायण शाहको दुरदर्शिता र दिव्य उपदेश संवृद्ध नेपाल निर्माणका लागि अहिले पनि उत्तिकै सान्दर्भिक रहेको ठहर गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्