राजनीति

कोरोनाका कारण नेकपा एमाले चितवनको अधिवेशन स्थगित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । अधिवेशन अन्तर्गत निर्वाचनको तालिका बाँकी रहेको थियो ।

निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए । अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशन अन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले एक विज्ञप्ति जारी गरी जनाइएको छ ।

उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button