विश्व समाचार

रुसी सेना सीमित समयका लागि मात्र कजाकिस्तानमा रहने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार कजाकिस्तानमा अशान्तिको सामना गर्न तैनाथ गरिएको मस्को नेतृत्वको सैन्य टुकडी सीमित अवधिको लागि मात्र रहने बताउँनु भएको छ ।

पुटिनले पूर्व सोभियत देशहरूका नेताहरूको बैठकमा शान्ति सेनाको एक दल काजाकिस्तानमा पठाइएको र त्यो सीमित अवधिको लागि मात्र भएको बताउनु भएको हो ।

उता शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन् ।

अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे (०७५५ GMT) बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले जनाएका छन् ।

यसबीच कजाकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तिमा १६४ व्यक्तिको मृत्यु भएको छ भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ ।

कजाकिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको पनि सीएनएनले रिपोर्ट गरेको छ

कजाकिस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार कजाकस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशंकामा अहिलेसम्म कम्तिमा ५,१३५ व्यक्तिलाई पक्राउ गरिएको देशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

इन्धनको मूल्यमा भएको ठूलो वृद्धिले कजाकहरू क्रुद्ध भएका छन् । कजाकस्तान तेल र प्राकृतिक ग्याँसको निर्यातकर्ता हो र मध्य एसियाली देशमा विरोध प्रदर्शनले सरकारको राजीनामा र रुसका सैनिक परिचालन सहित सङ्कटकालको घोषणा गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button