राजनीति

प्रधानमन्त्री ओलीको आफ्नो समूहलाई यस्तो छ निर्देशन (पूर्णपाठसहित)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाउनुभएको हो ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेर अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा निर्देशनमा उल्लेख गर्नुभएको छ ।

अन्तरपार्टी निर्दशनमा संसद विघटनपछि यसबीचमा केही नेताहरूबाट पार्टी र सरकारको अन्तरसम्बन्धका बारेमा भ्रमपूर्ण प्रचार गर्दै सरकार स्वेच्छाचारी भएको र पार्टीको आदेश पालना नगरेको आरोप लगाइएको छ । हाम्रा सबै प्रबन्धहरू संविधानसम्मत र विधिमा आधारित हुनु जरुरी रहेको बताइएको छ ।

त्यस्तै प्रतिनिधिसभा विघटन विरुद्ध संवैधानिक इजालसमा परेको मुद्दा विचाराधीन भए पनि हाम्रो पार्टी यस निर्णयको संवैधानिक र कानुनी वैधताका बारेमा स्पष्ट छ । २७५ सदस्य रहेको प्रतिनिधिसभामा १७५ सदस्यसहित ६४ प्रतिशत बहुमत कमाण्ड गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र त्यसको संसदीय दलको सर्वसम्मत नेता कमरेड केपी शर्मा ओलीलाई प्राप्त दलको विश्वास खण्डित नभएको अवस्थामा प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने कुनै संभावना नभएको बताइएको छ ।

त्यस्तो बहुमत प्राप्त प्रधानमन्त्रीले आफूलाई काम गर्न असहयोग भयो, म ताजा जनादेशमा जान्छु भन्दा त्यसलाई अलोकतान्त्रिक देख्नु भनेको वास्तवमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको संवैधानिक प्रावधानलाई अस्वीकार गर्नु हो । पार्टीहरू आफ्ना घोषणापत्र लिएर जनताको बीचमा जानु, जनताले विश्वास गरेका दल या दलहरूले सरकार बनाउनु, सरकारले निर्धारित कार्यावधि निर्वाध ढङ्गले काम गर्नु र उनीहरूले गरेका काम सही भएको नभएको अन्तिम फैसला सार्वभौम जनताले नयाँ निर्वाचनमार्फत् गर्नु– हामीले खोजेको स्वस्थ लोकतान्त्रिक प्रणाली यही हो। सरकारका कामलाई जनताले समर्थन गर्नु, तर केही नेताहरूका अतृप्त महत्वकाङ्क्षाका कारण सरकार सधैभरि अस्थिर या अकर्मण्य भइरहन वाध्य हुनु– यस्तो स्थिति किमार्थ लोकतान्त्रिक अभ्यास होइन भनिएको छ ।

निर्देशनको पूर्णपाठ

oli-1

सम्बन्धित खबर

Back to top button