अर्थ

एटीएमका ढोका खुला राख्न बैंकहरुलाई निर्देशन

नेपाल राष्ट्र बैंकले कोभिड १९ संक्रमण बढेपछि बैंकहरुलाई सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न र एटीएम बुथका ढोकाहरु खुला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार बैंकहरुलाई चार बुँदे निर्देशन जारी गर्दै बैंकका शाखा कार्यालयहरुमा भौतिक दूरी कायम गर्न र संक्रमण सर्न सक्ने भन्दै एटीएमका ढोकाहरु खुला राख्न निर्देशन दिएको हो ।

त्यसै गरी राष्ट्र बेंकले सभा, समारोह वा सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यमबाट सम्पन्न गराउन, सेनिटाइजर तथा मास्क अनिवार्य गरेर उच्च सावधानीका साथ सेवा उपलब्ध गराउन बैंकहरुलाई भनिएको छ ।

कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले मंगलबारदेखि विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ भने २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button