जापान

चिवामा एनआरएनए क्षेत्रीय भेला आयोजना हुने

गैरआवासीय नेपाली संघ एनआरएनए जापान अन्तर्गतका क्षेत्रको सम्मेलन आगामी जनवरी अन्तिम साता हुने भएको छ । स्थानीय आयोजक एनआरएनए जापान चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीका अनुसार एनआरएनए जापानको आयोजनामा चिवाको ईचिखावामा २९ र ३० तारिक दुईदिने भेलामा हुन लागेको हो ।

भेलामा जापानभरि रहेका करिव १२ क्षेत्रका क्षेत्रीय प्रतिनिधिहरु सहित विभिन्न संघसस्थाका पदाधिकारीहरुको विशेष सहभागिता रहनेछ।
कार्यक्रम अन्र्तगत पहिलो दिन जनवरी २९ तारिक स्थानिय आयोजकका तर्फबाट नयाँ वर्षको शुभकामना, स्वागत तथा डिनर कार्यक्रम आयोजना गरिएको छ भने ३० तारिक भेलाको कार्यक्रम गरिने छ। भेलामा एनआरएनए जापान क्षेत्रीय समितिका गतिविधि सहित विविध विषयमा छलफल हुने बताईएको छ।

स्थानिय आयोजक एनआरएनए चिवा क्षेत्रीय संयोजक मुक्तिराज रेग्मीका अनुसार पहिलो दिनको शुभकामना तथा डिनर कार्यक्रमका लागि सहभागिता जनाउन सवै क्षेत्रका संयोजक तथा पदाधिकारीहरुलाई अनुरोध गर्नुभएको छ।

सो समारोहमा सहभागिताका लागि तलको लिंकमा आफनो विवरण समावेश गरिदिनुहुन अनुरोध समेत गरिएको छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfBisbRpaG_9QhxZC4KZCDURfJEYTFF-u_XWtrD9utJ9pLp3Q/viewform

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button