सूचना/प्रविधि

मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल

अमेरिकामा मानव शरीरमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको छ । मानिसमा अनवंशिक परिवर्तन गरिएका सुँगुरको मुटु प्रत्यारोपण गरिएको विश्वमै पहिलो पटक हो ।

समाचार अनुसार अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ । बेनेटमा भर्जिनियास्थित रिजेनेरेटिभ मेडिसिन कम्पनी रेभिभिकोरले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु उपलब्ध गराएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो ।

बेनेटको जीवन बचाउन मुटु प्रत्यारोपण नै अन्तिम विकल्प रहेको बताइएको थियो र शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् । यद्यपि सुँगुरको मुटु प्रत्यारोपणपछि उनको आयु कति लम्बिन्छ भन्ने यकिन भएको छैन ।

शल्यक्रियामा संलग्न चिकित्सक डाक्टर ब्राट्ली ग्रिफिथले चिकित्सा विज्ञानमा अभूतपूर्व सफलता प्राप्त भएको बताउँदै यो अभूतपूर्व शल्यक्रिया हो र यसले मानव अंग प्रत्यारोपणमा देखिएको संकट समाधान हुन सक्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button