म्याग्दी नेपाली प्रवासी संघ (मोना)को आयोजनामा सम्पन्न “प्रथम मोना कप फुटसल”को उपाधी एनआरएनए क्षेत्रीय समिति चिवा टिमले हात पारेको छ ।

साईतामा आईतबार सम्पन्न फाइनलमा गोरखनाथ क्लब सिजुओका पराजित गर्दै चिवाले उपाधी जितेको हो । जीतसंगै चिवाले शिल्ड तथा नगद तीन लाख ५० हजार येन हात पार्यो भने उपविजेताले एक लाख ७० हजारमा चित्त बुझायो ।
उत्कृष्ठ खेल प्रर्दशन गर्ने व्यक्तिगत खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो। समारोहमा समाजका अन्तराष्ट्रिय कमिटिका उपाध्यक्ष ददिवल खडका, मोना जापानका पदाधिकारीहरु सहित विभिन्न संघसस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्