जन सरोकारस्वास्थ्य

बढ्यो कोरोना संक्रमण- २४ घण्टामा दुई हजार चारसय ४४

नेपालमा कोरोना संक्रमण दैनिक रुपमा बढ्दै जाने क्रममा आज दोब्बरभन्दा बढी संक्रमित भएका छन् । हिजोको तुलनामा आज मंगलबारको तुलनामा एक हजारभन्दा बढी संक्रमित भएका छन् । सोमबार एक हजार ४ सय ४६ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना संक्रमित भएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ भने ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ जना रहेका छन् । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका छन् भने ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.