सत्तारुढ दलभित्रको गुटबन्दीको शिकार भयो संसद : विपक्षी दलको आपत्ति
सभामुख चयनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र गुटगत खेलका कारण आव्हान भएदेखि निरन्तर संसद स्थगित हुँदै आएपछि विपक्षी दलहरुले आपत्ति जनाएका छन् । नेकपामा सभामुख चयनको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक सरे लगत्तै विभिन्न दलका नेताहरूले यसको विरोध गरेका हुन् ।
आज (पुस २७ गते)का लागि तय भएको प्रतिनिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भए लगत्तै उनीहरूले यस्तो प्रतिक्रिया जनाएका हुन । यसअघि पुस १६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि सभामुख चयन कुरा नमिलेपछि स्थगित भएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा एक विज्ञप्ति जारी गरी पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रुपमा लिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएका छ ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ‘ ।
यसै गरी पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डा। बाबुराम भट्टराईले सामाजिक सञ्जालमा गुटगत खिचातानीले प्रनिधिसभा पंगु बनेको उल्लेख गर्नुभएको छ । बैठक स्थगित भएपछि डा. भटटराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ
उहाँको टिप्पणी छ- ‘हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो’ पूर्व प्रधानमन्त्री भट्टराईले लेखेका छन् ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु/निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू !’
प्रतिक्रिया राख्नुहोस्