अर्थ

नाकाबन्दीको उपज : चीनसंगको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा

नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

२०७२ साल सोज ३ गते नेपालले संविधान जारी गरेपछि असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि भएको उत्तरी छिमेकी मुलुक चीन भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेर चीन भ्रमणमा जाँदा सन् २०१६ मा नेपाल र चीनबीच हस्ताक्षर भएको थियो ।

सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ ।

उद्योग वाणिज्य तथा आपूति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार अनुसार चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने छ । त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्से पनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ।

चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेको छन् भने हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्ने छ ।

सम्बन्धित खबर

Back to top button