जल/वातावरण

खोप ल्याउने र लगाउने कार्य मिसनका रुपमा अघि बढ्ने

छिमेकी मुलुक भारतसहित विश्वका धेरै मुलुकहरुले कोरोनाबिरुद्धको खोप लगाउन सुरु गरिसकेका भए पनि नेपालमा खोप ल्याउने र लगाउने विषयमा सरकार सुस्त देखिएको भन्दै आलोचनाा भैरहेका बेला स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले समयमै खोप ल्याएर निःशुल्क लगाउने दाबी र्गुभएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालय सम्हालेको दुई सातापछि पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री त्रिपाठीले मन्त्रालयका तीन वटामध्ये कोभिडविरुद्घको खोप ल्याउने पहिलो प्राथमिकता हो । खोप ल्याउने मिसनकै रूपमा सरकारले काम अघि बढाउने बताउनुभएको छ ।

सरकारले हालसम्म खोपको प्रि–बुकिङ नगरेको भए पनि मन्त्री ज्ञिपाठीले आमजनतालाई खोप आउनेमा ढुक्क रहन आग्रहसमेत गर्नुभयो । समयमै र पारदर्शी ढंगबाट ल्याइएको खोप सरकारले सबैलाई निःशुल्क रूपले लगाउन अभियान चलाउनेछ र खोपको वितरणसमेत न्यायपूर्ण ढंगबाट हुने पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।

विभिन्न मुलुकसँग निकटतम् सम्बन्ध राखेर खोप ल्याइने र त्यसक्रममा रुस र भारतका राजदूतसँग कुराकानी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अन्य छिमेकीभन्दा धेरै पछाडि रहने अवस्था छैन । हरेक च्यानल हरेक सम्भावनालाई अगाडि बढाउँदै छौं ।’

खोप उपलब्धतासँगै सबैभन्दा पहिले मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रहेका, त्यसपछि ५५ वर्षमाथिका र दीर्घरोगीलाई खोप दिइने सरकारको योजना रहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

उहाँले मुलुकमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्न १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई उपयोग गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.