जन सरोकार

नक्कली कार्डको धन्दा मौलाउने बाटो !

खोप गोदाममा थन्किने, सर्वसाधारणलाई हिंडडुल गर्न खोपकार्ड चाहिने ?

कोरोना भाइरस संक्रमणको नयाँ लहर विस्तारै सुरु हुन लागेको संकेत मिलेलगत्तै सरकारले स्मार्ट लकडाउन गरेको छ । सरकारले खोप नलगाएकालाई हिंडडुलमा प्रतिबन्ध लगाए जसरी खोपकार्ड अनिवार्य गरेको छ ।

सरकार आफैं ४० प्रतिशत वा ६० प्रतिशतदेखि खोप लगाउन सकिएन भनेर तथ्यांक देखाउने अनि सार्वजनिक स्थल वा कार्यक्रममा खोप कार्ड अनिवार्य गर्नु अत्यन्त हावादारी निर्णय हो । यसले नक्कली खोपकार्डको धन्दा मौलाउने त्रास बढाएको छ ।

हो, माघ ७ गतेभित्र अधिकांशले खोप लगाइसके त्यो आदेशको सार्थकता रहला । तर, अहिलेको गति हेर्दा सरकारले लक्ष्य लिने पूरा नगर्ने नै देखिएको छ । यतिबेला पर्याप्त मात्रामा खोप भए पनि अभियान प्रभावकारी चल्न सकेको छैन ।

अहिले पनि एक करोड बढी डोज खोप स्टोरमै थन्किएर बसेको छ । खोप शाखाका अनुसार अहिले देशभरका विभिन्न खोप स्टोरहरूमा लगाउन बाँकी एक करोड बढी डोज खोप छन् ।

यसरी खोप थन्किएर बस्दा खोप जनतासम्म नपुग्ने एउटा समस्या त भयो नै, साथसाथै थप खोप भण्डारण गर्न समस्या हुन्छ। किनकि यसअघि पनि खोप स्टोरहरू भरिएपछि थप खोप भण्डारण गर्न समस्या भएको थियो । त्यसले गर्दा सरकारले दैनिक पाँच लाख मानिसलाई खोप लगाउने योजना अघि सार्यो । तर उक्त योजना सफल भएन ।

एकातिर खोप गोदाममा थन्किए बस्ने, खोप केन्द्रहरुमा भीडभाड हुने भएकाले धेरै मानिस खोप लगाउन जाँदा नै संक्रमण सर्ने त्रासका कारण बेवास्ता गरिरहेका छन् । यदि सरकारले कोरोना संक्रमणका गति नियन्त्रण गर्न र लकडाउन जस्तो अप्रिय स्थिति आउन नदिने हो भने अब घरघरमै खोप सुविधा पुर्याउनु पर्दछ ।

हिजो उपत्यकाका तीन जिल्ला प्रशासनल जारी गरेको संयुक्त सूचनामा सार्वजनिक स्थलमा जाँदा खोपकार्ड अनिवार्य देखाउनुपर्ने भनिएको छ । यसको मतलब खोप नलगाएका मानिस अब हिंडन नपाउने हुन् तर, खोप गोदाममा थन्किएपछि सबैले खोप पाउने कसरी ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.