राजनीति

पृथ्वीनारायण शाहको सालिकमा ग्रेटर नेपालको नक्सा

३० औं पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सिंहदरबारको पश्चिमी ढोका अगाडिको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा राखेर पृथ्वी जयन्ती मनाएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सालिकमा ग्रेटर नेपालको नक्सा राखी पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । मोर्चाका अध्यक्ष नेपालले पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेर मेचीपारिसम्म नेपालको सिमाना कायम गरेका हुँदा सम्मानस्वरूप उनको सालिकमा ग्रेटर नेपालको नक्सा राखिएको बताउनुभयो ।

नेपालले मोर्चा सधैं पृथ्वीनारायण शाहको पदचिन्हमा हिँड्ने बताउँदै केही व्यक्तिले पृथ्वीनारायण शाहलाई नमान्ने भन्दैमा उहाँको महत्त्व कम नहुने र नेपाली भएर पृथ्वीनारायण शाहको आलोचना गर्नु भनेको आफ्नो नाक आफैंले काट्नु हो काट्नु बराबर हुने टिप्पणी गर्नुभयो ।

अध्यक्ष नेपालले सालिकमा राखिएको ग्रेटर नेपालको नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्सुकतापूर्वक हेरेको दाबी पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button